दाङ । दाङ जिल्लाको लमही–तुलसीपुर सडकखण्ड चार लेनको बनाउने सम्झौता भएको छ । उक्त सडक खण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनीयरिङ कम्पनीसँग सम्झौता गरिएको छ ।
काठमाडौं । नक्कली जग्गाधनीको नामबाट जग्गा विक्री गर्ने मालपोत कार्यालय चाबहिलका प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिनासहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र भाटभटेनी सुपर मार्केट डिपार्टमेन्ट स्टोर प्रालिबीच व्यापारिक सहकार्य शुरु भएको छ । अब बैंकले भाटभटेनी सुपर मार्केटसँग मिलेर लाभ नामक एक सह–ब्राण्डको भिसा प्लेटिनम क्रेडिट कार्ड जारी गर्नेछ ।
काठमाडौं । सीटीसी मल सुन्धारामा रहेको सीटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला भोली सकिदै छ । एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर समेत रहेको मेला पुष १० गते मंगलबार क्रिसमसको दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन् ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ५ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेका अनुसार मूल्य समायोजनपछि बैंकको शेयर मूल्य प्रतिकित्ता ३०९.५२ रुपैयाँमा खुलेको छ ।
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ११औं वार्षिक साधारणसभा यही पुस ३० गते भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा दिउँसो ३ बजे बस्ने भएको छ ।
काठमाडौं । प्रदेश २ सरकारले माध्यमिक तहको शिक्षा पूरा गर्नेलाई कम्तीमा १ लाख रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ । त्यसका लागि शिक्षा बीमा गराउने प्रयास गरेको छ ।