रोयल एन्फिल्ड ‘ट्रेजर हण्ट राइड २०१८’ सम्पन्न |
काठमाडौं । विवेक अटोमोबाइल्सको आयोजनामा शनिवार रोयल एन्फिल्ड ‘ट्रेजर हण्ट राइड २०१८’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बालाजुस्थित रोयल एन्फिल्ड मोटरसाइकलको शोरुमबाट शुरू भई हिमालयन मोटरल्याण्ड, धुलिखेलमा पुगेर सम्पन्न भएको कम्पनीले जानकारी दिएको हो ।
विवेक अटोमोबाइल्स प्रालि नेपालमा रोयल एन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता तथा प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना एमभी दुगड ग्रुपअन्तर्गतको कम्पनी हो ।
सहभागीहरू कार्यक्रमका क्रममा विभिन्न पहेली तथा क्लुहरू हल गरी काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विश्व सम्पदा सूचीमा रहेका सम्पदा परिक्रमा गरी सल्लाधारीमा जम्मा भएका थिए । १ सय ३५ वटा रोयल एन्फिल्ड मोटरसाइकलमा सवार लगभग २ सय राइडरको नेतृत्व लिएका रोड क्याप्टेन रमेश अवाले सल्लाघारीबाट हिमालयन मोटरल्याण्ड, धुलिखेल पुगेका थिए ।
कार्यक्रममा गाइड द ब्लाइन्ड, टग अफ वार, स्याक रेस र स्लो रेस जस्ता भाइचारा अनि आपसी मेल बढाउने खेलहरू समावेश थिए । तुलसीमान अधिकारी, प्रताप बस्नेत, आशिष के सी र कृष्ण अधिकारी गाईड द ब्लाइन्ड खेलका विजेता भए भने तुल्सी मान अधिकारी, पुष्प कटुवाल, कृष्ण श्रेष्ठ, पुजन कटुवाल, लक्षमन कटुवाल टग अफ वार खेलका विजेता बने ।
त्यस्तै प्रविन क्षेत्री स्याक रेस खेलमा प्रथम, राहुल खड्का दोस्रो तथा आशिष केसी तेस्रो भए भने राम विक्रम थापा स्लो रेस खेलका प्रथम, प्रताप बस्नेत दोस्रो तथा विजय सुनुवार तेस्रो भए । सुजल वैद्य ‘ट्रेजर हण्ट राइड २०१८’ का प्रथम, धर्मराज राई दोस्रो तथा रजेन्द्र भण्डारी तेस्रो भए ।
विजेताहरूलाई हिमालयन मोटरल्याण्डका इञ्चार्ज निरोज खडका, रोयल एन्फिल्डका हेड अफ अपरेशन मेघराज पौडेल, रोयल एन्फिल्डका प्रबन्धक रुद्रजंग शाह र सरोज खडकाले ट्रोफ तथा मेडलले सम्मान गरेका थिए । सडक सुरक्षा, ट्राफिक नियमको पालना र जनचेतना तथा स्वस्थ्य जीवन शैलीको सन्देश प्रवाह गर्ने र्यालीको मुख्य उद्देश्य रहेको थियो ।
Visited 1 times, 1 visit(s) today


