काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २३ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको नाफा अघिल्लो आवको तुलनामा करिव ९ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा १४ करोड रुपैयाँ थियो ।
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड २९ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ । यो वित्तीय संस्थाले गत वर्ष जम्मा १२ लाख ३८ हजार मात्रै कमाएको थियो ।
काठमाडौ । नेपालमा उद्यमशीलताको क्षमता अभिवृद्धि र जनचेतना जगाउने अभिप्रायले आगामि फागुन २ गते उद्यमशीलता सम्मेलन हुने भएको छ । नेपाल उद्योग परिसंघ र उद्योग विभागको आयोजनामा उद्यमशीलता सम्मेलन हुने भएको हो ।
काठमाडौ, माघ ९ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ४९ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनामा २४ दशमलव ८१ प्रतिशतले घटेको छ ।
डाबोस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीट्जरल्याण्डको डाबोसमा आयोजित विश्व आर्थिक मञ्चअन्तर्गतको ‘विश्वका आर्थिक नेताहरूको अनौपचारिक भेला’ मा नेपालमा लगानी सम्भावनाका बारेमा ब्रिफिङ गरेका छन् ।