काठमाडौं । हालै सम्पन्न घोराही चेम्बर अफ कमर्सको पहिलो अधिवेसनबाट अध्यक्ष पदमा मञ्जु बज्राचार्य चयन भएकी छन् । चेम्बरको विधिवत रूपमा सम्पन्न प्रथम पदस्थापना तथा सपथ ग्रहण कार्यक्रमबाट बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्यसमितिको गठन भएको हो ।
काठमाडौं । दशैंको अवसर पारेर असोजको पहिलो साता राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । असोज २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रलिले जनाएको छ ।
काठमाडौं । निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा शुरु गर्न लागेको छ । सोमबार (भोली) बाट विद्युतीय बसको संचालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट असोज १४ गतेबाट वितरण गर्ने तयारी गरेको छ । गत वर्षजस्तै यसपालि पनि राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध हुने छ । निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ
काठमाडौं । मानव संसाधन समाज नेपालले वार्षिकरुपमा प्रदान गर्ने एचआर म्यानेजर अफ दि ईयर यो वर्ष डाबर नेपालका एचआर कर्पोरेट प्रमुख अनिल पुरी घोषित भएका छन् ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पीकसँग साझेदारी गरेको छ । पोखरा लेकसाइडको मुटुमा अवस्थीत होटल स्नो पीक पर्यटकहरुका लागि प्राकृतिक र सांस्कृतिक रुपमा भरिपूर्ण गन्तव्य हो ।
काठमाडौंं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी उद्योग स्थापना गर्न आग्रह गरेकी छिन् । संमृद्व देश निर्माणका लागि सहकारीले हरेक स्थानीय तहमा उद्योग खोल्न आवश्यक भइसकेको उनको भनाइ छ ।
काठमाडौं । देशका विभिन्न ठाउँमा डेंगीको प्रकोप देखिएपछि स्वास्थ्य संस्थाहरूबाट अध्याधिक मात्रामा र्यानपिड डायनोस्टिक टेस्ट किट (आरडिटी) को माग भइराखेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किटमा मात्रै भर नपर्न आग्रह गरेको छ ।
भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्यारउने भनेर पठाएको चन्द्रयान–२ को सम्पर्कविहीन भएक भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख के सिवनले चन्द्रमाको सतहमा पुग्न २ किलोमिटर बाँकी हुँदा विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको बताए ।