काठमाडौं । नेपाल टेलिकमले ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’ योजना सार्वजनिक गरेको छ । कम्पनीले उक्त योजना अन्तरगत भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने जनाएको छ ।
हेटौंडा । नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई प्रदेश नं ३को प्रदेश डिभिजन कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालस्थित विदेशी राजदूतलाई आसन्न अंग्रेजी नयाँ वर्ष र क्रिसमसको बिदा नेपालमै मनाउन आग्रह गरेका छन् ।
हवाई । ओपोले डिसेम्बर ३का दिन आयोजित बार्षिक क्वालकम स्न्यापड्रागन टेक समितमा सन् २०२०को पहिलो क्वार्टरमा क्वालकम स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्ममा आधारित फ्ल्यागशिप फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने पहिलो मध्य एक कम्पनी हुने घोषणा गरेको छ ।
काठमाठौं । मार्स प्रालिले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । यस अवधिमा कम्पनिले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा व्यापक सफलता हासिल गरेको छ । यस एजेन्सीले डिजिटल मार्केटिङमा पनि कृति अवार्ड प्राप्त गरेको छ ।
अमेरिका । वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह ‘चलचित्र शिरोमणि लाइफटाइम अवार्ड २०१९’ बाट सम्मानित भएका छन् । अमेरिकाको सान् फ्रान्सिस्कोमा आयोजित ‘चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ मा शाहलाई यो सम्मान प्रदान गरिएको हो ।
ललितपुर । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा १०४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
काठमाडौं । एनएमबी बैंकले जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ː २०१३ प्रमाणपत्र पाएको छ । राइल्यान्डबाट आईएसओ पाउने एनएमबी पहिलो बैंक भएको दाबी समेत गरेको छ ।