काठमाडौं । बुटवलदेखि पोखरासम्मको १ सय ५७ किलोमिटर सडक विस्तार हुने भएको छ । भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा उक्त सडकमार्ग विस्तार हुने भएको हो । दुई लेनको भनिए पनि स्ट्यान्डर्ड दुई लेनमा नरहेको यो सडक विस्तारपछि सबै ठाउँमा स्ट्यान्डर्ड दुई लेनको हुने सडक विभागले बताएको छ ।
काठमाडौं । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ ।
दमौली । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा शनिबार राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र आधिकारीक बिक्रेता अलस्का अटोमोबाईल्स्को सहकार्यमा सुन्दर नगरी बिर्तामोडमा यही पौष २७ बाट २८ गते सम्मको लागी कार मेला शुरु भएको छ ।
काठमाडौं । नेपालको सबैभन्दा पुरानो व्यवसायिक संस्था नेपाल चेम्बर अफ कमर्स ७० औं बर्षमा प्रवेश गरेको छ । देशमा प्रजातन्त्र आएपश्चात लोकनाथ जोशीको अध्यक्षतामा २००७ सालमा स्थापनामा भएको नेपाल चेम्बर पुस २७ गतेबाट ७० बर्षमा प्रवेश गरेको हो ।
काठमाडौं । मध्ये मर्स्याङदी जलविद्युत आयोजनाको मर्मतकार्य शुरु भएको छ । जलविद्युत आयोजनाको ‘हब’ भन्दै गरेको लमजुङस्थित बेंसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्ये मर्स्याङदी जलविद्युत् केन्द्रको मर्मत कार्य शनिबारदेखि शुरु भएको हो ।
काठमाडौं । प्राइम कमर्सियल बैंकले शनिबार बाह्रों वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश बिकास बैंक लिमिटेडलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । सर्वसाधारणलाई विभिन्न सेवा र सुविधा दिदैं आएको सन्राइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उदेश्यका साथ सनराइज रिकरिङ्ग खाता संचालनमा ल्याएको छ । उक्त खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिनेछ भने व्याज मुद्दती खाता सरह पाइनेछ ।
काठमाडौं । तेस्रो नेपाल ‘रत्न तथा आभूषण प्रदर्शनी मेला २०२०’ शनिबारदेखि सुरु भएको छ । राजधानीको सोल्टी क्राउन प्लाजामा भएको उक्त प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन ।