काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले हालै नजिकिँदो जाडोलाई लक्षित गरि विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामाग्रीहरु बजारमा ल्याएको थियो ।
काठमाडौं । माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि ब्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपुर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । बैंकरहरुले सरकारसँग ब्रोकर लाइसेन्स माग गरेका छन्। बैंकर्स संघले अर्थ समितिको पूँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्यायन उपसमितिलाई पत्र पठाउँदै लाइसेन्स माग गरेका हुन् ।
युएई । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ ।
काठमाडौं । सेलकम प्रालिको सेलपे ले आफ्नो कारोवार सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक उक्त कम्पनीले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम थप गरेको हो ।
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न १४औँ साधरणसभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो। पाण्डेको अध्यक्षतामा सभाले १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
काठमाडौं । अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् ।