कोरोना भाइरसबाट युरोपकै सबैभन्दा धेरै प्रभावित मुलुक हो–इटाली । त्यहाँ सोमबारसम्म २७ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २ हजार १ सय ५८ जनाले ज्यान गुमाएका छन् । अर्थात् त्यहाँ पत्ता लागेका संक्रमितमध्ये ७.७ प्रतिशतको मृत्यु भएको छ ।
काठमाडौं । यात्रुहरूको संख्या घटेपछि संसारका ठूला एयरलाइन्सले सयौं जहाज ‘ग्राउन्डेड’ गरेका छन् । नेपाल उडान गर्ने अधिकांश एयरलाइन्सको हालत पनि त्यस्तै छ । कोरोना भाइरसको सबैभन्दा ठूलो मार संसारभरनै एयरलाइन्समा परेको छ ।
काठमाडौं । प्रदेश २ को नामकरणका लागि मंगलबार भएको प्रदेश सभाको मतदानमा चारवटै प्रस्ताव अस्वीकृत भएका छन् । चार वटा नामका लागि मंगलबार दिनभर भएका मतदानमा कुनै प्रस्तावको पक्षमा पनि दुई तिहाई नपुगेपछि मतदान निरर्थक हुन पुगको हो ।
काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तालिकामै सञ्चालन हुने बताएको छ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिम भए पनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो ।
काभ्रे । काभ्रेमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको विषयलाई लिएर आगजनी र तोडफोडका घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।
काठमाडौं । नेपालीको प्रमुख रोजगार गन्तव्य मलेसिया बुधबारदेखि मार्च ३१ सम्म १४ दिन लकडाउन हुने भएको छ । विश्वव्यापी रूप लिएको कोरोना नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले लकडाउन गर्न लागेको हो ।
अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो ।
कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्मका लागि बन्द गरेको छ।