काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिका-५ का वडाअध्यक्ष हिरामणि भण्डारीले सोमबार केही मानिस बोलाए। कोरोना संक्रमितहरू आउन सक्ने भएकाले एउटा झोलुंगे पुल भत्काउनु पर्ने बताए ।
काठमाडौं । सरकारले भ्रमण बर्षको सचिवालय विघटन गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसका कारण भ्रमण बर्ष स्थगित गरेको सरकारले बैशाख १ गतेबाट सचिवालय विघटन गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिएका छन ।
काठमाडौं । नेपाल बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रत्येक प्रदेशलाई ५ लाख रुपैयाँको दरले आर्थिक सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाईरस नेपालमा समेत देखिन थाले पछि बैंकले प्रत्येक प्रदेशलाई उक्त रकम सहयोग गर्ने भएको हो ।
काठमाडौँ । कोरोनाभाइरस (कोभिड १९) को रोकथामका लागि हिमानी कोषले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
काठमाडौं । नेपालमा रहेका करिव ३ सय नागरिक अमेरिकी नागरिक बोकेर कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलबाट उडेको छ । यो जहाज कतारको दोहा हुँदै अमेरिका लाग्ने छ ।
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)को महामारी अझै नसकिएको बताएको छ । साथै उसले सबैलाई कोरोना भाइरसविरुद्ध लड्ने आफ्नो कदम कायम राख्न आग्रह गरेको छ ।