काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा यती समूहका लगानीकर्ताहरुको तर्फबाट समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
धनगढी । सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्र्तगत २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सेती प्रादेशिक हस्पिटलका सुपरीटेण्डेट डा. हेमराज पाण्डेलाई बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले हस्तान्तरण गरेका छन् ।
काठमाडौं । विश्वव्यापी रुपमा कोरोनाभाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको ‘स्टे कनेक्टेड’ अफरको अवधि थप गरेको छ ।
काठमाडौं । भायानेट कम्यूनिकेशनले आफ्नो ग्राहकहरुको सूचना प्रणालीमा साइबर घटना भएको जानकारी गराएको छ । जसमा केही व्यक्तिगत डाटा जस्तोः नाम, ठेगाना, इमेल ठेगानार फोन नम्बरहरुमा अनाधिकारिक घुसपैठ भएको बताइएको छ ।
काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले कोरोनाभाइरसले सृजना गरेको परिस्थितीको कारण आफ्नो ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टिसीएल, सेनसइ तथा अन्य घरायसी सामग्रीहरुको वारेन्टीमा म्याद थप गरेको छ ।
काठमाडौं । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार ६९५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा प्रयोगशाला परीक्षणबाट २५९ नमूनाको नतिजा नेगेटिभ आएको छ ।
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अहिले विश्वभर सामाजिक दूरी कायम राख्न गरिएका प्रयास छिटै खुकुलो पार्दै जाने हो भने कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या उल्लेख्य मात्रामा बढ्न सक्ने चेतावनी दिएको छ ।