काठमाडौं । एनएमबि बैंकले कोभिड–१९ विरुद्ध प्रतिरक्षाको लागी सरकार र जनतालाई सहयोग पु¥याउने कार्य जारी राखेको छ । बैंकले हालै सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण सम्पन्न गरेको छ ।
काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले लकडाउनको अवधिमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारीसाधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिईरहेको छ ।
काठमाडौं । हरपल फुड्सका अध्यक्ष युवा व्यवसायी एवं समाजसेवी जनक बहादुर धामीको अगुवाइमा बर्दिया क्षेत्र नं. २ ख बाट तथा कालीकोटबाट काठमाडौं आई बसोवास गरी बिभिन्न क्षेत्रमा काम गर्ने कामदारहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाइन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने भएको छ ।
अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन हुदै गरेको अधिकारीहरुले जनाएका छन् ।
विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएमा सरकारले परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
काठमाडौं । काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टबाट उनीहरुमा कोरोना संक्रमण भएको संभावना देखिएको छ । अहिले उनीहरु लाई पाटन अस्पताल भर्ना गरिएको छ ।
काठमाडौं । देशभरि करिब ११ हजार जनाको कोरोना (कोभिड–१९) भाइरस परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, सोमबारसम्म १० हजार ९८२ वटा नमूना परीक्षण गरिएको हो ।
काठमाडौं । बागलुङमा आइतबार गरिएको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजिटिभ नतिजा आएको ६५ वर्षीय एक महिलाको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।