काठमाडौँ । स्वास्थ्य सेवा विभागले तीनवटा संस्थासँग २९ करोड मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गर्न सम्झौता गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार तत्काल चाहिने स्वास्थ्य उपकरणहरु खरिद गर्नका लागि नेपालकै निजी संस्थासँग सम्झौता गरिएको हो ।
काठमाडौं । इन्टरनेटको पैसा सकिएपनि अब लाइन नकाटिने भएको छ। बैशाख ५ गते शुक्रबार नेपाल दुरसञ्चार प्राधिकरणले इन्टरनेटको पैसा सकिएपछि लकडाउन अवधिभर लाइन नकाट्न निर्देशन दिएको हो ।
काठमाडौं । कलंकीमा औषधि बोकेकी महिलामाथि प्रहरीले निर्घात कुटपिट गरेको छ । नगर प्रहरी कार्यालय, भृकुटीमण्डपबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले सर्वसाधारणमाथि कुटपिट गरेको हो ।
काठमाडौं । फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको छ । गत २४ घण्टामा ७५३ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको हो ।
कोविड –१९ अमेरिकाभर फैलँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनाहरूमा राज्य अर्थव्यवस्था पुनː खोल्ने सम्बन्धमा गभर्नरहरूलाई निर्देशन दिएका छन् । ट्रम्पले संघीय सरकारको सहयोगमा गभर्नरहरूलाई आफैं प्रक्रिया चलाउने बचन दिएका छन् ।
कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौं आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौंलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।
काठमाडौं । लकडाउन उल्लंघन बढेपछि रुपन्देहीको भैरहवामा नेपाली सेनाले गस्ती बढाएको छ । प्रहरीसँगै सेनाले लकडाउनलाई कडाइ गरेका छन् । संघीय सरकारले लकडाउनलाई कडाइ गरेसँगै स्थानीय प्रशासनले नेपाली सेनाको गस्तीलाई बढाएको हो ।