बुटवल । भारतीय क्वारेन्टाइनमा २५ दिन बिताएका नेपालीहरूलाई स्वदेश फर्काउन शुरु गरिएको छ । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ४१ नेपाली छन् । तीमध्ये शुक्रबार १०२ जनालाई नेपाल ल्याइएको छ ।
काठमाडौं । शुक्रबार विनासकारी महाभूकम्प गएको ५ वर्ष पुरा भएको छ । भूकम्पले क्षतिग्रस्त निजी आवास, सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्था र सडकहरुको पुनर्निर्माणको काम अझै पनि सकिएको छैन ।
काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् ।
काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बवन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।