काठमाडौं । सरकारले ६ सय ३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरुसँग छलफल थालेको छ । सरकारले शुक्रबार मात्रै निती तथा कार्यक्रममार्फत यो आयोजनाको निर्माण शुरु गर्ने घोषणा गरेको छ ।
उत्तर प्रदेशको औरैया जिल्लामा शनिबार भएको दुर्घटनामा २४ मजदुरको मृत्यु भएको छ । बिहान करिब ३ बजेर ३० मिनेट जाँदा घर फर्किरहेका मजदुर सवार ट्रक राजमार्गमा रोकिराखेको अर्को ट्रकसँग ठोक्किन पुगेको थियो ।
शनिबार इटाली सरकारले जुन ३ देखि देशभित्र र बाहिर आवतजावत गर्न दिने एक निर्णयमा सहमति दिएको छ । कोरोना भाइरसका कारण कडा लकडाउन गरेको इटाली हाल त्यसलाई सहज पार्ने प्रक्रियामा छ ।
कोरोना महामारीको उद्गम चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतको पछिल्लो स्थिति चीनभन्दा नराम्रो छ। शुक्रबारसम्म कोरोना संक्रमणमा चीनलाई समेत उछिनेर भारत विश्वव्यापी सूचीमा एघारौं स्थानमा पुगेको छ । यसअघि चीनभन्दा एक स्थान तल थियो ।
काठमाडौं । सरकारले स्थानीय तह देखि राष्ट्रिय स्तरका अस्पतालको संरचना, सेवा र गुणस्तर बढाउने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७७∕७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा राम्रो बनाइने बताइएको हो ।
काठमाडौं । भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो ।