काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको सो नगरपालिकाभित्र कोरोना सङ्क्रमित बढेसँगै क्वारेन्टाइन थप गर्न लागेको हो ।
काठमाडौं । नेपालको पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु.२५ लाख सहयोग गरेको छ ।
काठमाडौं । खाद्यान्न तथा पशुपंक्षि आहारमा अग्रणी निम्बसले कार्यस्थल, कर्मचारी तथा सामाजिक, स्वास्थ्य, सुरक्षा र सरसफाईमा सक्रिय कर्मचारीको बीमा गरेको छ ।
काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड १९) का झण्डै पाँच हजार संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, पछिल्लो २४ घण्टामा भारतमा चार हजार नौ सय ८७ नयाँ संक्रमित देखिएका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् ।