नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि, मृत्यू हुनेको संख्या २ पुग्यो |
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको पाइएको छ ।
बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे ।
मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ː४० बजे मृत्यु भएको हो ।



