काठमाडौं । दुई पाँग्रे सवारी साधनमा जोर विजोर प्रणाली लागू नहुने भएको छ । नेपाल प्रहरीले दुई पाँग्रे सवारी साधनमा जोर विजोर प्रणाली लागू नहुने जनाएको हो ।
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेपछि मुलुकभरका दुई हजारभन्दा बढी विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको पाइएको छ । हालसम्म दुई हजार नौवटा विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको हो ।
काठमाडौं । बिमा समितिले ल्याएको नयाँ योजना कोरोना बिमा गराउनेको संख्या शुक्रबारसम्म ४ लाख २५ हजार ३२२ पुगेको छ । निर्जिवन बीमक संघका महासचिव चंकी क्षेत्रीका अनुसार कोरोना बिमा वापत करिब २३ करोड ३३ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।
सालक त्यो जीव हो, जो लोपन्मुख जनावरहरुको सूचीमा पर्दछन् । त्यसैले विश्व वन्यजन्तु संगठनले यसलाई खतरामा परेको जीवको सुचीमा राखेको छ । यसको अर्थ के हो भने यसको शिकार, विक्री गैरकानूनी हो ।
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता शुक्रबार साँझ पक्राउ परेका छन् । ललितपुरको पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा पाटन बस्ने श्याम महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
कतार । कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीहरुको पहिलो सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमै रोकिएका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन लागेको दूतावासले जनाएको छ ।
काठमाडौं । काठमाडौ उपत्यकामा रहेका सबै सपिङ मलहरु खुला गर्ने व्यवसायीहरुले निर्णय गरेका छन् । सरकारले लकडाउन खुकुलो बनाउदै सम्पूर्ण पसलहरु खुला राख्ने भने पनि सपिङ मलहरु भने तत्काल नखुलाउने बताएको थियो ।
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आवद्ध गर्दै लगेको इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा शुरू गरेको हो ।