रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको शेयरका लागि सभामुख र उर्जामन्त्रीले दिए आवेदन |
काठमाडौँ । सरकारले नेपाली जनतालाई जलविद्युत आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ जनताको जलविद्युत कार्यक्रम शुरु गरेको थियो । देशका महत्वपूर्ण पदमा आसिन व्यक्तिले नै सो कार्यक्रममा सहभागी भई जनतालाई सहभागिताका लागि आग्रह गर्नुले पनि त्यसको महत्व बढ्दै गएको छ ।

