काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावरले कात्तिक २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७५∕७६ र आर्थिक वर्ष २०७६∕७७ को वार्षिक प्रतिवेदन पेश हुनेछ ।
काठमाडौं । अब सेयर लगानीकर्ताहरूले विद्युतीय माध्यमद्वारा घरैबाट ग्राहक पहिचान पत्र (केवाइसी) भर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवा सम्बन्धी कार्य संचालन निर्देशिका २०७७ स्वीकृत गरेसँगै लगानीकर्तालाई सहज हुने भएको हो ।
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट शुरु गर्ने भएको छ ।
काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले मंसिर ४ गते तेइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । होटलले कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौँमा दिनको ११ बजे भर्चुअल माध्यम जुम एमबाट सो सभा सञ्चालन गर्न लागेको हो ।
काठमाडौं । शेयर बजारमा अहिलेसम्मकै ठूलो आइपिओ आउन लागेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आइपिओ जारी गर्नका लागि साधारणसभा (एजिएम) बोलाएको छ, उक्त साधारणसभाले आइपिओ जारी गर्न स्वीकृत दिएलगतै ८ अर्ब रुपैयाँको साधारण शेयर जारी गर्ने तयारीमा छ ।
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको निष्क्रिय कर्जा उल्लेख्य बढेको छ । जसले गर्दा नाफा घट्न दबाब पुगेको छ ।
काठमाडौं । एन आई सी एशिया बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबार गर्न आग्रह गर्दै डिजिटल दक्षिणा योजना ल्याएको छ ।