काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेको बताए । उद्योगपति चौधरीले बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अर्थनीति बहसको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
बुटवल । बुलटवलको पर्यटकीय स्थल हिलपार्कमा साहसिक खेल ‘जिप लाइन’ सुरु भएको छ । आन्तरिक र वाह्य पर्यटकहरुलाई लक्षित गरी बुटवलको हिलपार्कबाट चाँदबारी डाँडासम्म जिप लाइन सञ्चालनमा ल्याइएको हो ।
काठमाडौं । विश्वव्यापी मानव विकास सूचकांकमा नेपालले पाँच स्थान सुधार गरेको छ । विश्वव्यापी मानव विकास सूचकांक प्रतिवेदन २०२०का अनुसार नेपाल १ सय ४२ औं स्थानमा उक्लिएको छ ।
काठमाडौँ । गत वर्षको तुलनामा यसपाली धान उत्पादन वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक एक लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको छ ।
काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो ।
काठमाडौं । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ ।
काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक संचालक समितिको सोमबार बसेको बैठकले ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।