काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महालाई नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.मा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १५% को छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीहरुलाई व्याजदरमा सहुलियत दिएको छ । कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यबसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै बैंकले ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले उक्त सहुलियत दिएको हो ।
काठमाडौं । अघिल्लो सी-सीरीज फोनको सफलतापश्चात नोकिया फोनको घर एचएमडी ग्लोबलले नयाँ स्मार्टफोन थपेको घोषणा गरेको छ । नयाँ नोकिया सीवान प्लस सबैभन्दा कम लागतको थ्रीजी र फोरजी नोकिया स्मार्टफोन हो ।
काठमाडौं । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ ।
काठमाडौं । एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफुलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ । यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्दछ ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले पुस १ गते देखी लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ ।