काठमाडौं । जगदम्बा सिमेन्टले फागुन १७ गते सिन्धुपालञ्चोकको मेलम्चीमा ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुख लगायत मिडियाकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । नेपाली साहित्यको उन्नयनका लागि ‘फोन पे’ जनकपुर साहित्य महोत्सवको दोस्रो संस्करण हुने भएको छ ।आयोजक संस्था नव मिथिला फाउन्डेसन र सह-आयोजक बुकहिल पब्लिकेसन तथा सानो पाइलाले आज राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरी सो जानकारी गराएका हुन् ।
काठमाडौं । सरकारसँग वार्ता गर्न नेकपा विप्लव समूहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको छ ।
काठमाडौं । नेपालको पुरानो बियर ‘आइसबर्ग’ सोमबारबाट नयाँ स्वादमा बजारमा आएको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सीजी होल्डिङ्सले किनेसँगै बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
त्रिशूली । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए ।
काठमाडौं । मंगलबार सुनको भाउ प्रतितोला १७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ८७ हजार रुपैयाँ कायम भएको छ ।
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले फागुन १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको भनिएको ऋणपत्रको निष्काशन मिति सारेको छ । ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक सो ऋणपत्रका लागि अब फागुन २८ गतेदेखि आवेदन दिन सकिनेछ ।
काठमाडौं । कुमारी क्यापिटलले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ ।
काठमाडौं । ज्योति विकास बैंक र क्लक बी विजनेश इनोभेसनले संयुक्त रुपमा १६ गते काठमाडौं लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा महिला उद्यमशीलता विकास सम्बन्धी “EntrepreneuHER” नामक कार्यक्रम सम्पन्न गरेको छ ।