सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो |
काठमाडौं । मंगलबार सुनको भाउ प्रतितोला १७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ८७ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८६ हजार ५५० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँ घटेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ८८ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८८ हजार २५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएको थियो ।


