काठमाडौं । शनिबार एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गरिएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारबाट शनिबार मध्यान्ह स्विच दबाएर सो सडक शुभारम्भको घोषणा गरेका हुन् ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस पछि हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले २०७८ बैशाख १२ गते विहान १० बजे केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
काठमाडौं । अमेरिकाको संसद भवन (युएस क्यापिटल बिल्डिङ) अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा सर्वसम्मत नेतृत्व चयन भएको छ । यस अघि चेम्बरको कुल ५५ सदस्यीय कार्यसमिति चयनका लागि ६३ जनाको उम्मेदवारी परेसँगै चुनावी प्रतिस्पर्धा हुने देखिएको थियो ।
काठमाडौं । गोदरेज होम एप्लाएन्स नेपालले नयाँ वर्ष २०७८ को अवसरमा क्यासब्याक अफर लिएर आउँदैछ । कम्पनीले रेफ्रिजेरेटर, वासिङ्ग मेशिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर, एयर कुलर, भाइरोसिल्ड, आदिको खरिदमा क्यासब्याक अफर ल्याएको हो ।