काठमाडौं । आर्थिक वर्ष २०७७∕७८ को फागुनमा वाणिज्य बैंकहरूले साढे छ अर्ब नाफा थपे । कोरोना सङ्क्रमणबीच पनि बैंकहरूको नाफाको ग्राफ घट्नु परेको छैन । फागुन मसान्तसम्म करिब ४२ अर्ब नाफा आर्जन गर्दै वाणिज्य बैंकहरू सुरक्षित अवस्थामा छन् ।
काठमाडौं । नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनीको मिति परिवर्तन भएको छ । आगामी चैत २७ गतेदेखि चैत २९ गतेसम्म आयोजना हुने भनिएको उक्त प्रर्दशनी आगामी २०७८ भदौमा हुने भएको छ ।
काठमाडौं । प्राविधिक ब्राण्ड ओपोले नजिकिँदो नेपाली नयाँ बर्षको उपलक्ष्यमा ओपो ए१२ ३जीबी नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । पहिले रु. १६ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनमा मूल्य समायोजन गर्दै अब कम्पनीले रु. १४ हजार ९ सय ९०मा उपलब्ध गराएको हो ।
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई एएसजी अँखा अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १०% सम्म छुट दिन समझदारी गरेको छ ।
काठमाडौं । कोभिड-१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ (७५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।