काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर गत फागुन २८ गते नेकपा एमाले प्रवेश गरेका चार सांसदको सांसद पदसँगै मन्त्री पद समेत गुमाएकाहरुलाई प्रधानमन्त्री केपी शर्माओलीले तत्काल मन्त्री पदमा नियुक्ति गर्ने तयारी गरेका छन् ।
काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारका लागि आह्वान भएको दुई वटा प्याकेजको टेन्डरमा ८६ वटा बोलपत्र पेस भएका छन् । नागढुंगा–नौबिसे र नौबिसे–मलेखु खण्डमा कुल ४२ कम्पनीले प्रतिस्पर्धा गरेको सडक विभागले जनाएको छ ।
पोखरा । मेगा बैंक नेपाल लिमिटेडले पोखरामा क्यूआर कोड सेवाको शुरुवात गरेको छ । बैंकले पोखराका व्यवसायिक पसलहरूमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको हो ।