बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पताल परिसरमा निर्मित लीलाराम न्यौपाने आकस्मिक कक्षको उद्घाटन भएको छ । लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानद्वारा निर्मित आकस्मिक कक्षको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरलले उद्घाटन गरेका हुन् ।
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंकले ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्न काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टसँग सम्झौता गरेको छ ।
काठमाडौं । सर्वोत्तम सिमेन्टले नवलपरासीमा १५ बेड क्षमता सहितको अस्पताल निर्माण गर्ने भएको छ । नवलपरासीको सुनवालमा करीब ४ करोडको लागतमा अस्पताल निर्माण हुने भएको हो ।
काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) ले अधिकतम ५५ हजार कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने भएको छ ।
काठमाडौं । भीभोले नेपाली नयाँ वर्षमा विशेष अफर सार्वजनिक गरेको छ । भीभोले भी र वाई सिरिजका स्मार्टफोनको खरिदमा विशेष छुटका साथै उपहार योजना पनि सार्वजनिक गरेको हो । यो अफर अप्रिल ७ देखि अप्रिल २५सम्म रहने कम्पनीले जनाएको छ ।
काठमाडौं । भेष्पाको लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्सले भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे वीचसम्म ‘हन्ड्रेड कस्टमर रिक्रियसन राइड’ सम्पन्न गरेको छ ।
काठमाडौं । मेगा बैंकका ग्राहकलाई टर्कीस एयरलाइन्समा विशेष छुट मिल्ने भएको छ । टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई हवाई यात्रामा विशेष छुट दिने भएको हो ।
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीका आइपिओ आज (शुक्रबार २७) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा आइपिओ बाँडफाँड हुनेछ ।