काठमाडौंँ । स्टेज कार्यक्रममा सधै हट पफर्मेन्स साथ दर्शक अगाडि देखिँदै आएकी गायिका ज्योती मगर शनिबार भने भिन्न रुपमा देखिएकी छन् । शनिबार उनी फुड डेलिभरी राइडरको रुपमा दर्शकको घरघर पुगेकी थिइन् ।
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ । केही दिन सामान्य अवस्थामा पुगेको प्रदूषण सोमबार बिहान पुनː बढेर अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो ।
काठमाडौं । सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए ।
काठमाडौं । दराजले नव वर्षको भव्य सेल ‘दराज नव वर्ष २०७८ नयाँ रहर नयाँ अफर’ सार्वजनिक गरेको छ । यहि चैत २९ गतेबाट सुरु हुने सेल वैशाख ७ गतेसम्म चल्ने दराजले जनाएको छ ।
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणहरूका लागि निष्काशन गर्ने भएको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् ।
काठमाडौँ । के. एल .दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई राष्ट्रपती विद्या देवी भण्डारी बाट ‘’प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित गरिएको छ ।
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना एजेन्ट नेटवर्कलाई लक्षित गरि सञ्चालन गरेको ‘इसेवाको कारोबार, सुनै सुनको बहार’ नामक योजनाका विजेतालाई उपहार हस्तान्तरण गरिएको छ ।