काठमाडौं । सरकारले चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई मंगलबारबाट दिइँदै छ । ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ । एसबिआई बैंकले कर्पोरेट पे प्रणालीका लागि नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ ।
काठमाडौं । अमेरिकामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक अश्वेत युवक मारिएपछि तनाव उत्पन्न भएको छ । तनावकै कारण अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।