काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,३२८ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै साही अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं । कोरोना संक्रमणलाई परास्त पार्न आवश्यक पर्ने मानसिक दृढता र शारीरिक सामर्थ्य बढाउन चतरास्थित जगतगुरु रामानन्दाचार्य सेवा पीठले १५ दिने विशेष कार्यक्रम गर्ने भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिमेन्ट उद्योगमा थप लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएको छ । सिमेन्ट उद्योग सम्बन्धी एक अध्ययन रिपोर्ट सार्वजनिक गर्दै राष्ट्र बैंकले सिमेन्टमा आत्मनिर्भर बन्नका लागि थप सिमेन्ट उद्योगहरु खोल्नु पर्ने आवश्यकता देखाएको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड संक्रमित विरामीहरूको सहयोगका लागि सञ्चालन गरेको स्वास्थ्य अभियानबाट संक्रमित विरामी, तिनका परिवार र आफन्तहरूसहित धेरैलाई राहत पुगेको बताएको छ ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले यस कोरोनाभाइरस रोग (कोभिड १९) को संक्रमणले ल्याएको महामारीको जोखिम कम गर्न सरकारलाई सहयोग गर्दै आफुले हस्तान्तरण गर्ने १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो लट शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।