३० अर्ब बराबरको रिपो बिक्री गर्दै राष्ट्र बैंक |
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत आज (जेठ १४ गते, शुक्रबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ ।
१४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिभर्स रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो १२ बजेसम्म बिडिङ गर्नुपर्नेछ । यो रिपो जेठ २८ गते परिपक्क हुनेछ ।
बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ ː


