काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले टेलिमेडिसीन सेन्टर संचालनमा ल्याएको छ । सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं भन्ने अभियान अन्तर्गत चेम्बरले नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर अन कोभिड १९ संचालनमा ल्याएको हो ।
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷७९ बजेट उत्साहप्रद र जपपक्षीय बजेट रहेको बताउदै यसको सबै मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति मागेको छ ।
काठमाडौं । मौसममा सुधार आएको एक दिनमा नै फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको वायुमण्डलमा पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएर मौसम बदली भएको हो ।
काठमाडौं । सरकारले हाइब्रिड कारमा लाग्ने अन्तःशुल्क घटाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८∕७९ को बजेटले हाइब्रिड कारमा अन्तːशुल्क घटाएको हो ।
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विकास बैंकहरुले अधिकांश शाखा बन्द गरेका छन् । विकास बैंकहरुले कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई ध्यान दिँदै अधिकांश शाखाहरु बन्द गरेका हुन् ।
काठमाडौं । सेवा इन्टरनेशनल युएसएले नेपालका लागि मेडिकल सामग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीसँग जुध्न अति अवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पी.पी.ई. लगायत विभिन्न सामग्री सेवा इन्टरनेसनलले हस्तान्तरण गरेको हो ।
काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ ।