काठमाडौं । नेपाली सेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै माथिल्लो बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २९०६.९१ अंकमा पुगेर रोकिएको छ । आइतबार नेप्से परिसूचक २९२०.९१ विन्दुमा पुगेर तल फर्किएको हो ।
काठमाडौं । नेपाल आयल निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ ।
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी मङ्गलबार बाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ ।
काठमाडौं । अमेरिकी कम्पनी फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप भारतमा देखिएको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी पाइएको छ ।