काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहीत जोखिम रहेका कम्पनीहरु सार्वजनिक गरेको छ । बोर्डले निहीत जोखिम रहेका ५१ वटा कम्पनीहरु सार्वजनिक गरेको हो ।
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थालाई सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । लघुवित्तलाई आईपीओ निष्काशन गर्न जेठ ३० गते अनुमति दिएको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्वास्थ्य मन्त्रालयसमक्ष उद्यामी व्यवसायी, श्रमिक, कामदार र कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप लगाउन माग गरेको छ ।
काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीको हिजो सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उक्त विशेष प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । पछिल्लो समय नेपाली धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरु म्युचुअल फण्डहरुमा आकर्षित भइरहँदा एनआईसी एशिया क्यापिटलले अर्को म्युचुल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) निष्काशन गर्न लागेको हो।
नेपालमा कोभिड–१९ को दोस्रो लहरबाट नेपाली समुदायलाई बचाउन खोप र अक्सिजन प्रदान गर्न एम्नेष्टी युकेले सोमबार विज्ञप्ति निकालेर विश्व समुदायलाई आग्रह गरेको छ ।
काठमाडौं । नेपाली विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापना दिवस जेठ ३० गतेलाई “एड˗डे ”को रुपमा साताभरि मनाउने भएको छ ।
काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय एप नेपाली पात्रोले मौसम विवरणको जानकारी, कुण्डली र रेडियो सेवा सुरु गरेको छ । कम्पनीले प्रयोगकर्तालाई अझ सजिलो र सुबिधा दिनकालागि सो सेवा सुरु गरेको हो ।