काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेशले होइन, सर्वोच्च अदालतको परमादेशका कारण सरकारको जिम्मेबारीबाट बिदा लिन लागेको बताएका छन् । उनले आज (मंगलबार) देशबासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ। कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा झण्डै साढे २१ लाख आवेदकले आवेदन गरेका छन्। यो आइपीओमा परेको हालसम्मकै उच्च आवेदन हो ।
काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको ऋण सहायता दिने भएको छ । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक स्रोत व्यवस्थापनमा बैंकले यस्तो सहायता दिने भएको हो ।
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३१औँैँ शाखा धनुषा जिल्लाको क्षिरेश्वरनाथको वडा न. ५ स्थित महेन्द्रनगरमा संचालनमा ल्याएकोे छ ।
काठमाण्डौ । नबिल बैंकले ३७ औँ वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि कार्ड, स्मार्ट बैंकलगायत लकरहरुमा विभिन्न छुट प्याकेजसहित ‘37 Days of Happiness’ अफर ल्याएको छ।