काठमाडौं । गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ८० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यलयको तथ्याङ्क अनुसार आर्थिक वर्षको अन्तिम दिन अर्थात असार ३१ गतेसम्ममा कुल ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट खर्च भएको छ। जुन लक्ष्यको ८०.०८ प्रतिशत हो।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ ।
काठमाडौं । आर्थिक वर्ष २०७७∕७८ मा भन्सार राजस्व संकलनमा प्रगति भएको छ । कुल भन्सार लक्षभन्दा तीन अर्ब बढी राजस्व एक वर्षमा संकलन गरिएको भन्सार विभागले जनाएको छ ।
काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई छुट्टाछुट्टै भेट गरी तत्काल निजी क्षेत्रलाई कोभिड खोपको पहिलो प्राथमिकतामा राख्न माग गरेको छ ।
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न भएको छ । महासंघको आयोजनामा देशका सातै प्रदेशमा २०७८ असार २३ गते देखि आयोजना गरिएको सप्ताहब्यापी भर्चुवल वैठक ३० असारमा सकिएको हो ।
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्बर अफ कमर्स कार्य समिति सदस्य सुरेन्द्रभाई शाक्यको सभापतित्वमा गठित निर्यात प्रवद्र्धन समितिमा मनोनित भएका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।
काठमाडौं । निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोवार रकममा वृद्धि भएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोवारमा कमी आएको थियो ।
काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड पाएको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेडमध्येको एक हो ।