काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यो पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
विश्वका सबैभन्दा धनी व्यक्ति तथा अमेजन कम्पनीका पूर्वसीईओ जेफ बेजोस आज मंगलबार पहिलो अन्तरिक्ष यात्रामा जाँदैछन् । आफ्नै कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यू शेर्फडमार्फत् बेजोस अन्तरिक्ष यात्रामा जान लागेका हुन् ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ । बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ ।