काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी इसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरियो ।
काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म दराजले नेपाल र विश्वको सबैभन्दा ठूलो अनलाइन सपिङ फेस्टिभल ११.११ को तयारी तीव्र बनाएको छ । ११ लाख उत्पादनहरूमा ५ करोड रुपैयाँ छुटसहित दराजले ११.११ को चौथो संस्करण यही कात्तिक २५ (११ नोभेम्बर २०२१) मा सुरु हुने घोषणा गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायतको राजधानी लण्डन जाँदै छन् । बेलायतको शहर ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा आज त्यसतर्फ जान लागेका हुन् ।
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई नेपाल बङ्गलादेश बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ९० भायल रेम्डिसिभिर औषधी सहयोग गरेको छ ।
काठमाडौं । सामसङको नयाँ फोल्डेवल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिनेको छ । हालै लन्च गरिएका सामसङ ग्यालेक्सी जेड फोल्ड ३ र जेड फिल्प ३ स्मार्ट फोन छोटो समयमै राम्रो बिक्री भएका हुन् ।
काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो नेपाली बजारमा ल्याएको छ ।