काठमाडौं । सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्न शुरु गर्दैछ । राहदानी विभागले त्रिपुरेश्वरथित विभागको नयाँ भवनमा ई–पासपोर्ट छपाइको तयारीको लागि अन्तम चरणका परीक्षणहरु गरिररहेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकको २३ औँं वार्षिक साधारणसभाले १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न सभाले यसअघि बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
काठमाडौं । मिदास टेक्नोलोजीले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्श लिन मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेगरी व्यवस्था मिलाएको छ ।
काठमाडौं । हिमालयन बैंकले नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ नेपालपे क्यूआर सञ्चालन गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवासुविधा उपलब्ध गराउन बैंक र हाउसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ।
काठमाडौं । सुनको भाउ ५ महिनापछि प्रतितोला ९४ हजार माथि पुगेको छ । कार्तिक २६ गते, शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । यसअघि जेष्ठ महिनामा सुन सोहि मूल्य बराबरमा कारोबार भएको थियो ।
काठमाडौं । २७ वाणिज्य बैंकहरुमध्ये २१ वटाले लाभांश घोषणा गरेका छन्। यसमध्ये केहीले त राष्ट्र बैंकबाट स्वीकृति पाएर साधारणसभाबाट पारित गरी वितरण नै गर्न भ्याएका छन्।