काठमाडौं । मेगा बैंक लिमिटेडले पनि अब विदेशी रणनीतिक पार्टनर ल्याउन पाउने गरी आफ्नो व्यवस्था परिवर्तन गरेको छ । मंगलबार राजधानीमा सम्पन्न बैंकको ११औ वार्षिक साधारणसभाले बैंकको सञ्चालकमा विदेशी रणनीतिक पार्टनर समेत ल्याउन पाउने गरी सो निर्णयको अधिकार सञ्चालक समितिलाई दिएको हो ।