काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले छैठौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा कालिमाटि ब्याक्वेटमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको हो ।
भारतमा जनवरी १ देखि चार दिन अगाडि मंगलबार देशका १३ सहरमा छिट्टै फाइभजी इन्टरनेट सेवा सुरु गर्ने घोषणा गरिएको छ । फाइभजी सेवा लागू भएसँगै यी १३ सहरमा फोरजीभन्दा १० गुणा बढी इन्टरनेट स्पीड हुनेछ ।
काठमाडौं । नेप्सेले शुक्रबार पाँच कम्पनीको बोनस शेयरको समायोजन गरेको छ । नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, फरवार्ड लघुवित्त वित्तीय संस्था, गुडवील फाइनान्स र हिमालयन डिष्टीलरी लिमिटेडको मूल्य संमायोजन गरेको हो ।
काठमाडौं । शैक्षिक संस्थाको परम्परागत शिक्षा ब्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डिजि टेक्नोलोजी प्रालिले ‘स्कूल वर्क्स प्रो’ सञ्चालनमा ल्याएको छ ।
जाजरकोट । स्वदेशी लगानीमा निर्माण हुन लागेको १०६ मेगावाट क्षमताको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाले गति लिएको छ । डोल्पाका लागि मात्र नभई कर्णालीकै भविष्यसँग उक्त आयोजना जोडिएको छ ।
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिवार पुस १७ गते हुदैछ । सभा हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी न.पा ४ दुलेगौडा तनहुँमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले इबिएल(टच २४ (मोबाइल एप) लाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरेको छ । बुधबार पौष १४, एभरेष्ट बैंक आफ्नो मोबाइल बैंकिङ संस्करणलाई नयाँ ओम्नी च्यानलमा अपग्रेड गरेको छ ।
काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३०% क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २३५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२४ जना र एन्टिजन परिक्षण गर्दा ११ जना गरि जम्मा २३५ जना नयाँ संक्रमित थपिएका हुन् ।
काठमाडौं । कक्षा १ देखि तिन सम्मका सामुदायिक बिद्यालयका पाठ्यपुस्तक छपाई तथा बितरण गर्न निजी क्षेत्रका मुद्रक तथा बितरकलाई नविकरण वा सूचिकरणका लागि पुनः बिहिबार गरेको आह्वानप्रति नेपाल मुद्रण उद्योग महासंघले गम्भिर आपत्ति प्रकट गरेको छ ।