दिल्लीमा मङ्गलबार पनि कोभिड–१९ सङ्क्रमणको बढ्दो तथ्याङ्कले राज्य सरकारलाई चिन्तित पारेको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा नयाँ सङ्क्रमितको सङ्ख्या पाँच हजार ४८१ पुगेको र यसका कारण सङ्क्रमण दर ८।३७ प्रतिशतमा पुगेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लाभांशमा कडाई गरेको छ । बैंकले लघुवित्त वित्तीय संस्था सम्बन्धीको एकीकृत निर्देशिका २०७७ लाई संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।
काठामाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी (एचआईडिसीएल) ले वितरण हुन नसकेको संस्थापक तर्फको हकप्रद शेयर विक्रीका लागि नियमावली संशोधन गर्ने भएको छ ।
काठमाडौं । समृद्धि फाइनान्स बुटवल शाखाले रुपन्देहीको बुटवल उप–महानगरपालिकामा अवस्थित रहेको ऐतिहासिक महत्व बोकेको मणिमुकुन्दसेन उद्यान फूलबारीलाई डस्टबिन हस्तान्तरण गरेको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको जनाएको छ ।
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका संचालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको सो कम्पनीले जानकारी दिएको छ ।
पाइप्स र फिटिङ्स निर्माण सामाग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन २००९ मा स्थापना भएको मंगलम पाइप्स नेपालकै पहिलो सीपीभीसी पाइप र फिटिंग्स् उत्पादक तथा निर्यातकर्ता हुनुको साथै सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरु मध्ये एक हो ।
काठमाडौं । पछिल्ला दिनमा औसत करिब २५ सय जना नेपाली रोजगारीका लागि विभिन्न श्रम गन्तब्य मुलुकमा पुगिरहेका छन् । गत मंसिर महिनामा मात्रै ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । यो संख्या कात्तिक महिनाको भन्दा करिब साढे १९ हजारले बढी हो ।