काठमाडौं । नेपाल एसबीआई बैंकको ५.३१ प्रतिशत लाभांश पारित गरेको छ । मंगलबार सम्पन्न बैंकको २८औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरि कुल ५.३१ प्रतिशत लाभांश पारित गरेको हो ।
काठमाडौं । लक्ष्मी बैंकले काठमाडौं नयाँ बानेश्वरमा १०औं एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ । नागरिक लगानी कोषको कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको बैंकले जानकारी दिएको छ ।
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ । उनले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।