काठमाडौं । नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता दिनप्रतिदिन बढ्दै आइरहेको छ । यसैलाई बुझ्दै खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ ।
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयवीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्ने गरी आज मिति २०७८ फाल्गुण ५ गते समझादारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । कन्स्ट्रक्सन सोलुसन प्रालि नेपालले ‘हुन्डाई अनमोल’ अफर ल्याएको छ। ग्राहकहरूको सन्तुष्टि तथा सेवा अनुभवलाई प्रोत्साहन गर्न सार्वजनिक यस अफरअन्तर्गत ग्राहकहरूले हुन्डाई आर-१४० एलएस स्मार्टको खरिदमा २००० घण्टा बराबरको सर्भिस किट निःशुल्क प्राप्त गर्न सक्नेछन्।
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो एघारौं एक्स्टेन्सन काउण्टर रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका स्थित झुलनेटामा स्थापना गरेको छ ।
काठमाडौं । विजनेश अक्सिजन प्रा.लि.ले जेनेस सोलुसन प्रा.लि.मा १० लाख अमेरिकी डलर बराबरको लगानी गरेको छ । नेपालमा क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुसनले दुई चरणमा १० लाख अमेरिकी डलर प्राप्त गरेको हो ।
काठमाडौं । आफ्नो उद्योग प्राज्ञिक समन्वयलाई थप सुदृढ पार्न एपेक्स कलेजले बीबीए अन्तर्गतको ट्राभल एण्ड टुरिजम कार्यक्रमको इण्डष्ट्रि एडभाइजरको रुपमा नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दिपक राज जोशीलाई बोर्डमा नियुक्त गरेको छ।