काठमाडौं । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा वृद्धि भएको जनाएको छ । फागुन महिनामा २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो ।
काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैंकिङ्ग सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई के.वाई.सी.(KYC) अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ई.के.वाई.सी. (E-KYC) सेवा संचालनमा ल्याएको छ ।
काठमाडौं । श्रीलंकाका महिनौंदेखि चलिरहेको आर्थिक संकटका कारण पश्चिमी प्रान्तमा विद्यालय स्तरीय परीक्षा समेत स्थगित गर्नुपरेको छ । कागजको अभावका कारण परीक्षा स्थगित गर्नुपरेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
तनहुँ । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो ।
काठमाडौं । अपि पावर कम्पनीले हकप्रद प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीको चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले बुक क्लोज मिति तोकेको हो ।
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को माघमा वाणिज्य बैंकहरूको नाफा औसत १८ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ । चालू आवको पुससम्मको तुलनामा माघमा मात्र २७ वाणिज्य बैंकको नाफा ६ अर्ब ४ करोड रुपैयाँले वृद्धि भएको हो ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।