काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बिदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी बिदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन बिदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन् ।
काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६ औं वार्षिक साधारण सभा भोलीबाट काठमाडौंमा शुरु हुंदैछ । वार्षिक साधारण सभाको समुद्घाटनसंगै उद्योग वाणिज्य दिवस २०७८ को पनि समुुद्घाटन हुने छ ।
काठमाडाैं । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाईदैछ । परिषदको १० औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन–सत्संग लगायतका कार्यक्रमहरु योजना गरी मनाईदै छ ।
काठमाडौं । स्वाबलम्बन विकास केन्द्रको संयोजनमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन अागमी चैत २८ र २९ गते काठमाडौं हुँदैछ । सम्मेलनमा लघुवित्त कार्यक्रम संचालन गरेका २ सय वटा संस्थाहरुबाट ६ सय जना सदस्य तथा संस्था प्रतिनिधिहरुको सहभागीता रहने केन्द्रले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजन गरेको दुई दिने नेशनल युथ फोरम सात वुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
काठमाडौं । चैत २६ गते सम्पन्न भएको नेपाल व्यवस्थापन संंघ, नेपाल (MAN) को ४१ औं वार्षिक साधारण सभाबाट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै MANको कार्यकारी वोर्डको सदस्य पदमा गोयलकाे चयन भएकाे हाे ।
काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन् । आज कम्पनीको केन्द्रीय कार्यालयमा उलने पदभार ग्रहण गरेका हुन् ।