लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री मोदी केही बेरअघि लुम्बिनी आइपुगेका हुन् ।
प्युठान । प्युठानको ऐरावती गाउँपालिकामा नेपाली कांग्रेसका नवील विक्रम शाह निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतलाई २ हजार १९ मत अन्तरले पराजित गरे ।
गोरखा । अजिरकोट गाउँपालिका, गोरखामा नेकपा माओवादी केन्द्रका दीपक देवकोटा निर्वाचित भएका छन् । सोमबार सकिएको मत गणनामा देवकोटा ३ हजार ७८७ मतका साथ निर्वाचित भएका हुन् ।