पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुद्ध दर्शनलाई जीवनमा आत्मसात गर्नुका साथै गौतम बुद्धद्वारा स्थापित ४ आर्य सत्यलाई अवलम्बन गर्नसके मुलुकमा शान्ति स्थापना भई समृद्धिको पथमा लम्किने बताएका छन् ।
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् । सोमबार दिनभर नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए पनि साँझतिर रेनुले अग्रता लिएकी हुन् ।
सर्लाही । सर्लाहीको रामनगर नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजाबाबु यादव निर्वाचित भएका छन् । २२ वर्षका उनी ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन् ।
काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए ।
दार्चुला । दार्चुलाकाे मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित भएका छन् । ४ हजार ३४ मत ल्याएर धामी निर्वाचित भएका हुन् ।
ओखलढुंगा । चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका निशान्त शर्मा निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५०७ मतले पछि पार्दै शर्मा अध्यक्षमा विजयी भएका हुन् ।