काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २६ हजार ५९१ मत ल्याएर अग्रस्थानमा छन् । ७० हजार ३८९ मत गन्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४ हजार १६५ मत ल्याएका छन्। बालेनले एमाले उम्मेदवार स्थापितभन्दा १२ हजार ४२६ मत बढी ल्याएर अग्रता कायम राखेका छन्।
काठमाडौं । आज (शुक्रबार) डलरको विनिमयदर हालसम्मकै उच्च तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ डलरको खरिददर १२४ रुपैयाँ शुन्य ७ पैसा कायम भएको छ भने विक्रीदर १२४ रुपैयाँ ६७ पैसा पुगेको छ । गत फागुन २४ गते १२३ रुपैयाँ ४४ पैसामा विक्री भएको डलरले त्यसयता तलमाथि हुँदै आएको थियो ।
काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ ।
काठमाडौँ । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ ।
निर्माण सामग्रीको लागि नेपालमै अग्रणी उत्पादकबन्ने उद्धेश्य सहित सन् २००९ मामंगलमउद्योगको स्थापनाभएको थियो। मंगलमपाइप्सले नेपालमा CPVC पाइपिङ प्रणालीको अग्रगामीको रूपमा २०११ मा CPVC पाइप र फिटिङ्सको निर्माण गरेर आफ्नो सञ्चालन सुरु गरेको थियो।
काठमाडौं । एनएमबि बैंकद्वारा माईती नेपालका दिदिबहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माईती नेपालका ५३ जना दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको प्राप्ति सम्बन्धी मुद्दा फिर्ता भएको छ । नेपाल बंगलादेश बैंकका संस्थापक लक्ष्मीबहादुर श्रेष्ठलेले सर्वोच्च अदालतमा दायर गरेको मर्जर सम्बन्धि मुद्दा फिर्ता लिएका हुन।