काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह -बालेन)ले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राख्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई उछिनेकी छन् ।
पोखरा । पोखरा महानगरपालिकामा मेयर उम्मेदवार धनराज आचार्य र उपमेयर उम्मेदवार मञ्जु देवी गुरुङको अग्रता कायम छ । आचार्य एकीकृत समाजवादीका र गुरुङ नेकपा एमालेका उम्मेदवार हुन् ।
काठमाडौं । सगरमाथाको सफल आरहण गरी फर्किएको फुल सर्कल एक्सपिडिसनका आरोहीलाई नेपाल पर्यटन बोर्डका तर्फबाट सम्मान गरिएको छ । एक्सपिडिसनका ७ जना आरोहीले १२ मे २०२२ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।
काठमाडौं । नेपाल पर्यटन बोर्ड र कुवेतको जजिरा एअरलायन्सका प्रतिनिधिबीच बिहीबार नेपाल पर्यटन बोर्डमा भेटवार्ता भएको छ । भेटका अवसरमा दुवै पक्षले एक आसपमा सहकार्य गर्ने गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो ।
विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा काङ्ग्रेस उम्मेद्वार नागेश कोइराला निर्वाचित भएका छन् भने उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्की निर्वाचित भएकी छिन्।
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरले जित हासिल गरेका छन् ।
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आज अर्थात जेठ ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।